LEC 182.3 -0.7 MLBLD89 1100.1 5.1 GLH 205 0 SHLB 1745.7 158.7 SFEF 7.71 -0.14 SRLI 434.1 -5.9 HDHPC 133.4 0.3 EBLD85 1062.4 -43.6 ULHC 326 -4 USHEC 377.9 -2.1 HEI 608 -5 KSBBL 371 -7 RSDC 712 8 SLCF 7.96 -0.01 HBL 175.6 -2.4 SPL 661 -10.2 ACLBSL 945 45 SDLBSL 1008 68 NESDO 1986 58 CHCL 437 2.7 MKHC 305 -4.4 GBLBS 800 22 SRBLD83 1040 0 NHPC 146 -2 NADEP 795 18.3 BNT 12810 -190 MHL 400 0 SBID89 1001 -14 PBD88 1030.3 -14.7 KSY 8.03 -0.08 NRIC 682.6 -4.9 H8020 8.75 0.05 BNHC 520 0 JBBD87 1000 -4 MMF1 7.24 0.07 CORBL 469 2.9 SIFC 417 -1 NWCL 735.4 15.3 CHDC 810 71 MBLD87 990.2 -9.8
×
कृषि प्रधान देश नेपाल : तीन महिनामा भित्रियो ४ अर्ब ८६ करोडभन्दा बढीको तरकारी



चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनामा विभिन्न देशबाट ४ अर्ब ८६ करोड रुपैयाँभन्दा बढीको तरकारी नेपालले आयात गरेको छ ।

२०७९ सालको साउन, भदौ र असोज महिनामा नेपालले उक्त मुल्य बराबरको विभिन्न प्रकारका तरकारी नेपालले आयात गरेको हो ।  भन्सार विभागका अनुसार बितेको तीन महिनामा नेपालले कुल ४ अर्ब ८६ करोड ४१ लाख ३६ हजार रुपैयाँको तरकारी आयात गरेको छ ।

उक्त समयमा नेपालले विभिन्न देशबाट २ अर्ब ६२ करोड ६६ लाख ३४ हजार रुपैयाँको आलु आयात गरेको छ ।  गएको तीन महिनामा नेपालमा ११ करोड ५४ लाख ९७ हजार रुपैयाँको गोलभेडा भित्रिएको विभागको तथ्याङ्कले देखाउँछ ।  यस्तै सोही समयमा नेपालले विभिन्न देशबाट १ अर्ब ७३ करोड ८२ लाख ५४ हजार रुपैयाँको प्याज आयात गरेको विभागले जनाएको छ ।

विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालले २५ करोड ३३ लाख ३३ हजार रुपैयाँको लसुन, ४ करोड ३५ लाख ६७ हजार रुपैयाँको च्याउ, ६५ लाख २२ हजार रुपैयाँको फर्सी र ४२ लाख १५ हजार रुपैयाँको गाजर आयात गरेको छ ।

गत आर्थिक वर्ष २०७८/७९ को पहिलो तीन महिनामा नेपालले विभिन्न देशबाट ५ अर्ब ५६ करोड ४२ लाख ४९ हजार रुपैयाँको तरकारी आयात गरेको थियो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस