PBD84 1065 1.7 MNBBL 395.8 -0.8 KSBBL 448 -3 NBF2 9.15 -0.05 SMB 1809 4 RNLI 495.5 1.5 MFLD85 1050 -20 SMHL 613.1 -4 RADHI 397.9 7.9 SPDL 310 5 PRVU 248 -10 SKBBL 934 -3 OHL 925 -9 UNLB 2527 -3.9 SPIL 853 -18 MANDU 885 -14 H8020 10.2 -0.05 ILBS 980 -21.5 FMDBL 758 -0.1 BHDC 583 5.4 WNLB 2650 -80 IHL 499 -1 NBF3 9.04 0.17 PROFL 655 7 NABIL 594 3 JSLBB 1513.9 38.9 NIFRA 280 -5 NLIC 814 -13.4 MPFL 751 5 NICAD8283 1169.8 86.8 BHL 440 -13 GMFBS 1512.1 -16.9 LUK 9.21 -0.09 FOWAD 1479 0 GRDBL 743 5 NMBMF 695 -10 NABBC 631 -12 EHPL 840 7.9 PRSF 9.54 -0.11 HATHY 1322 13
×
वरुण हाइड्रोपावरको सेयर लिलामी भर्ने आज अन्तिम मौका



वरुण हाइड्रोपावरको तीन लाख ५५ हजार ६० कित्ता सेयर लिलामी भर्ने साेमबार अन्तिम दिन हो ।

आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । कम्पनीले १४ कात्तिकबाट सर्वसाधारण समूहको सेयर लिलामीमा खुला गरेको हो । यसमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोलकबोल माध्यमबाट आवेदन दिन सक्नेछन् ।

यसमा न्यूनतम १०० कित्ता र अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । वरुण हाइड्रो पावरले ६ भदौदेखि शतप्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको थियो । कम्पनीले २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद सेयर बिक्री खुला गरेकोमा २३ लाख २४ हजार १५ कित्ताका लागि मात्र आवेदन परेको थियो । त्यस समयभित्र आवश्यकता अनुसार हकप्रद सेयर नबिकेपछि कम्पनीले बाँकी रहेको सेयर लिलामीमा ल्याएको हो ।

यसमा बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैकिङ लिमिटेड टेकु, काठमाडौंबाट आवेदन दिन सकिनेछ । यसैगरी, राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका शाखा कार्यालयहरु वीरगञ्ज, जनकपुर, नारायणगढ, बाग्लुङ, बुटबल, नेपालगञ्ज, वीरेन्द्रनगर, धनगढी, विर्तामोड, हेटौडा, तुलसीपुर, महेन्द्रनगर, विराटनगर र पोखराबाट पनि आवेदन दिन पाइनेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस