×
इमरान खानको ज्यान बचाउन हमलाकारीसँग भिडेका थिए यी व्यक्ति



पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि बिहीवार एक बन्दुकधारीले गोली चलाउँदा उनी घाइते भएका छन्।

उक्त घटनामा इमरानको पार्टी पाकिस्तान तहरिके इन्साफका १४ जना कार्यकर्ता घाइते भएका छन् र एक जनाको मृत्यु भएको छ।इमरान खानलाई लाहौरको शौकत खानम अस्पतालमा भर्ना गरिएको छ र उनको खुट्टामा लागेको गोली निकाल्नका लागि शल्यक्रिया गरिएको छ।

IELTS PTE copy इमरान खानको ज्यान बचाउन हमलाकारीसँग भिडेका थिए यी व्यक्ति

इमरान खानले आफ्नो दलको बैठक बोलाएका छन् जसमा उनले आफ्नो भावी रणनीति घोषणा गर्ने ठानिएको छ।उनको पार्टीले लाहौरदेखि इस्लामावादसम्म एउटा लामो मार्च गरिरहेको छ। सो दलले पाकिस्तानमा तत्कालै आम चुनाव गराइनुपर्ने माग गरिरहेको छ।

यसै मार्च चलिरहँदा पञ्जाब प्रान्तको गुजरान्वालामा खानमाथि एक बन्दुकधारीले गोली चलाएका थिए।

हमलाकारीसँग भिड्ने व्यक्ति को हुन्

गोली हानिरहेका हमलाकारीलाई रोक्नका लागि तहरीके इन्साफका कैयौँ कार्यकर्ता सो व्यक्तितर्फ बढेका थिए। ती कार्यकर्तामध्ये एक जनाको मृत्यु भएको हो।

तर इब्तेसाम हसन नाम गरेका एक जना सो दलका कार्यकर्ता हमलाकारीसँग भिडेका थिए। इब्तेसामले हमलाकारीलाई जोडले पकडेपछि हमलाकारीले गोली चलाउन विफल भएका थिए।

घटनापछि सञ्चारमाध्यमसँग कुरा गर्दै इब्तेसामले आफू इमरान खान रहेको ठाउँदेखि केवल दश फिटको दूरीमा रहेको बताएका छन्। उनले भने, “हमलाकारी आए र उसले म्यागेजिन लोड गरेर तत्कालै गोली चलाउन थाले। म दौडिएर ऊतिर गएँ र उससँग भिड्न थाले। त्यसपछि गोली तल जमिनमा लाग्न थाल्यो।”

उनले थपे, “मैले उसको पिस्तोल खोस्न चाहेको थिएँ तर तानातानमा त्यो तल खस्यो। त्यसपछि उसले भाग्न चाह्यो। मैले फेरी पकड्न प्रयास गरे। त्यसपछि प्रहरी आयो र उसलाई पक्रिएर लिएर गयो।”

इब्तेसामले उक्त घटनाबारे पाकिस्तानका टिभी च्यानलहरूसँग पनि कुराकानी गरेका छन्। बोल न्यूजसँग कुरा गर्दै उनले हमलाकारी आफूलाई शङ्कास्पद लागेको र आफ्नो उद्देश्य चाहिँ खानमाथि गोली नलागोस् भन्ने रहेको बताए।

उनको भनाइ छ, “उसले पेस्तोल निकाल्ने बित्तिकै म ऊतर्फ दौडिएँ। उसले खान साहेबमाथि सिधा निशाना लगाउन पाइरहेको थिएन। यस्तोमा जुन हातमा उसले पेस्तोल लिएको थियो त्यसलाई मैले समाएँ। त्यसपछि पनि गोली चल्यो तर कसैमाथि पनि निशाना लागेन। मेरो उद्देश्य मेरो ज्यान बरु जाओस् तर खान साहेबको ज्यान बचोस् भन्ने थियो।”

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस