MHCL 456 1 SLBBL 900 -1 PROFL 455.1 -1.8 TPC 550 -5 HHL 419 21.9 SWBBL 1015 3.1 HURJA 227.1 2.2 MLBSL 2100 -15.2 SHLB 1925 4.9 SHINE 485 0 LEC 223 5 SHIVM 571.1 22.1 SONA 516 6 USHL 618 2.8 CYCL 1584 4 MEN 650 5 SLBSL 1412 6 GLH 251 8.5 MCHL 503 10 NBF3 8.63 0.23 GRDBL 533 4.9 KRBL 505 -1.9 CHL 367 24.1 BNL 17646 145 SBI 394.8 3.8 OHL 891.2 -16.8 EBL 609 -5.8 CMF1 9.95 -0.15 HPPL 336 9 ICFCD83 1175 -20 TRH 995 -2 SHL 518 6 SFMF 10.92 0 RURU 741 5.9 HIDCL 197 -1 NICGF2 8.49 -0.01 HDL 1570 51 BNHC 647 -1.3 MBL 225.1 -4.8 NIL 890.3 -4.7
×
बाराही हाइड्रोपावरको आइपीओ भर्ने समय थप



बाराही हाइड्रोको आइपीओमा आवेदन दिने समय थप भएको छ ।

आयोजना प्रभावित स्थानीय बासिन्दालाई आइपीओ बिक्री खुला गरेको जलविद्युतको आइपीओमा अब कात्तिक २५ गतेसम्म आवेदन दिन सकिनेछ । हाइड्रोपावरले कात्तिक ४ गतेदेखि बाग्लुङ जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाहरुलाई आइपीओ बिक्री खुला गरिरहेको छ । कम्पनीले स्थानीय बासिन्दालाई १ सय रुपैयाँ अंकित मूल्यमा २ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको हो ।

यसले बाग्लुङ जिल्लाको जैमिनी नगरपालिकाको वडा नं १, ४ र ५ अर्थात् साविकको कुस्मीसेरा, सर्कुवा र विनामारे गाविसका तथा जैमिनी नगरपालीकाका अन्य वडाहरुका स्थानिय बासिन्दाहरुको लागि आइपीओ जारी गरेको हो । स्थानीयले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

रेटिङ एजेन्सी इक्रा नेपालले बाराहीको आइपीओलाई ‘इक्रा एनपी आईआर बी माइनस’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । यो आइपीओमा एनआइबील एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ । लगानीकर्ताले एनएमबि बैंक र ग्लोबल आइएमई बैंकको कुस्मीसेरा शाखा, कुमारी बैंकको राहाले शाखा र गरिमा विकास बैंकको ट्राफिक चोक शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस