NIBLGF 8.56 0.2 SIGS3 9.02 -0.26 SMFBS 1410.6 1.6 PPL 468 -24 FOWAD 1277 1.9 SAEF 10.03 0.03 GWFD83 1225 5 NTC 850 -6 CITY 619 6 LUK 9 0.35 BNHC 671 61 KDL 934 54 MHCL 398 -1 SBLD83 1040 -0.1 CGH 850 48 GHL 152 -1.9 SAMAJ 2118 -119 HLI 406 -7 JOSHI 305.2 -6.8 SPL 698 7 NMBD87/88 990 8 MBJC 308 -21.9 NHDL 490 -23 NIBD2082 1075 -15 SKBBL 830 -0.4 ENL 868.9 -16 NICGF2 8.3 0.29 MERO 696 -19 CIZBD90 1055 -19.5 SAPDBL 328 -3 BGWT 714 8 HATHY 876 -14 HEIP 380.9 12.9 MKCL 881.2 1.2 USHEC 396.1 -2.9 HURJA 284 -3.3 HDL 1317 2 PROFL 344 -8 UMRH 369 -7.5 KRBL 433 -1
×
आज हरिबोधिनी एकादशी, तुलसीको विवाह गरी मनाइँदै



आज (शुक्रबार) कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधनी एकादशी पर्व मनाइँदै छ ।

असार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन रोपिएको तुलसीको आज विवाह गरिदिने मनाइने धार्मिक चलन रहेको छ । हरिबोधिनिका दिन विष्णु भगवानको पूजा अर्चनासहित तुलसी विवाह गरिदिने चलन छ ।  एकादशीहरूमा सबैभन्दा ठूलो हरिबोधिनी एकादशीेलाई मानिन्छ । हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्छन् ।

अशाढ शुक्ल एकादशीको दिन भगवान विष्णु सुतेर कात्तिक शुक्ल एकादशीका दिन उठ्ने विश्वास गरिन्छ ।  विष्णु क्षीर सागरमा सुतेकाले यी चार महिना विवाह व्रतबन्ध जस्ता माङ्गलिक कार्य गर्न नहुने मान्यता छ ।

हरिबोधिनी एकादशीका दिन भगवान विष्णुले माता तुलसीको प्रार्थना सुनेको र यसै प्रार्थनाको प्रभावले निन्द्राबाट  ब्यूँझिएको धार्मिक कथन छ  । तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको विवाह गर्ने परम्परा बसेको हो ।

हरिबोधिनी एकादशीका दिन घर घरमा पूजा गर्दै आएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिङ्गारी फूल मालाले सजाएर विवाह गरिने चलन छ ।

तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने धार्मिक विश्वास छ ।  तुलसीको महिमा वैज्ञानिक रूपमा पनि लाभदायक प्रमाणित भएको छ ।

आजको दिन भगवान् विष्णुको भजनकीर्तन गर्दै रातभर जाग्राम बस्ने चलन छ । यसरी गरिएको पूजा आराधनाबाट सुख, समृद्धि र सबै प्रकारको मनोकामना प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस