×
बुद्ध एअरको जहाजमा एकजना मात्रै यात्रु !



कहिलेकाहीँ यात्रुले हवाइजहाजको टिकट पाउँदैनन् भने कहिलेकाहीँ हवाइजहाजले पनि यात्रु पाउँदैनन् ।

मंगलबार एउटा यस्तै एओचक घटाना घटेको छ। बुद्ध एअरको  ७२ सिटको जहाज एउटा मात्रै यात्रु लिएर काठमाण्डौबाट विराटनगर उडेको छ । बुद्ध एअरको उडान नम्बर यू ४ ७१७ को जहाजमा मंगलबार बेलुका ८ बजे एक व्यवसायी उद्धव पौडेल मात्रै हुनुहुन्थ्यो ।

IELTS PTE copy बुद्ध एअरको जहाजमा एकजना मात्रै यात्रु !

उहाँले आफू जहाजमा एक्लै रहेको फोटो सार्वजनिक गर्दै लेख्नुभएको छ, “काठमाण्डौबाट विराटनगर सम्मको बेलुकी ८ बजेको बुद्ध एअरको उडानमा म एकल यात्रु । रोमाञ्चक अनुभव ।”

अहिले काठमाण्डौबाट बाहिर जाने यात्रु नभएको र काठमाण्डौ फर्कने यात्रुको भने घुइँचो रहेको कारण चाडबाडको समयमा कहिलेकाहीँ यात्रु नै नभइकन रित्तो जहाज पनि उडाउनुपर्ने अवस्था रहेको बुद्ध एअरका बजार निर्देशक रुपेश जोशीले जानकारी दिनुभयो ।

Screenshot 2022 11 02 074925 बुद्ध एअरको जहाजमा एकजना मात्रै यात्रु !

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस