पहिलो त्रैमाससम्ममा चन्द्रागिरी हिल्सको वित्तीय अवस्थामा सुधार

चन्द्रागिरी हिल्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । शुक्रबार सार्वजनिक भएको सो वित्तीय विवरणअनुसार कम्पनीको नोक्सानीमा गत वर्षको पहिलो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा नोक्सानी घटेर सुधार आउँदै गएको छ ।

यसअवधिमा नोक्सानी चार करोड ८४ लाख रुपैयाँले घटेको हो । अघिल्लो वर्ष यसैअवधिमा कम्पनी आठ करोड ७१ लाख ५९ हजार रुपैयाँ नोक्सानमा रहेको थियो । कम्पनीका अनुसार लकडाउन खुलेसँगै कम्पनीको आर्थिक क्रियााकलापहरू सञ्चालनमा आउँदा नोक्सानी घट्न सहयोग पुगेको हो ।

समीक्षा अवधिसम्म आइपुग्दा कम्पनीले सञ्चालन आम्दानी आठ करोड १५ लाख ७० हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष यसै अवधिमा यसको सञ्चालन आम्दानी ४४ लाख २० हजार रुपैयाँ मात्र थियो ।

गत वर्ष दुई लाख ९६ हजार रुपैयाँ रहेको अन्य स्रोतबाट हुने आम्दानी यो वर्ष भने एक लाख तीन हजार रुपैयाँ सीमित भएको छ । त्यसैगरी, कम्पनीको चुक्ता पुँजी एक अर्ब ५३ करोड रुपैयाँ रहेको छ भने जगेडा कोष ४३ करोड २२ लाख ८१ हजार रुपैयाँ ऋणात्मक छ ।

समीक्षा अवधिसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी दुई रुपैयाँ ५२ पैसा ऋणात्मक छ । त्यसैगरी, कम्पनीको प्रतिसेयर नेटवर्थ ७१ दशमलव ८२ पुगेको हो ।

प्रतिक्रिया

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

<bgsound src="/audio65/1.mp3" loop="infinite">

error: समाचार कपि नगर्नु होला , यस्तो गरेको पाहिएमा कानुन अनुसार कारबाही गरिने छ।