नेप्सेले सुचिकृत कम्पनिलाई नयाँ युसर आइडी लिन आग्रह गरेको छ।
नेप्सेले यहीँ कार्तिक २७ गते देखि नयाँ वेवसाइट पूर्ण रुपमा सञ्चालन गर्ने भएको हुदा हालसम्म युसर आइडी नलिएका सम्पूर्ण सूचीकृत कम्पनीहरुले यहीं कार्तिक २५ गते सम्म युसर आइडी लिन आग्रह गरेको हो ।
नेप्सेमा सूचीकृत सम्पूर्ण कम्पनीहरुको सूचना तथा विवरणहरु वेवसाइटबाट सार्वजनिक गर्नका लागि सम्पूर्ण सूचीकत कम्पनीहरुलाई नेप्सेको युसर आइडी अनिवार्य रहने भएको हुँदा सूचीकृत सम्पूर्ण कम्पनीहरुको सूचना तथा विवरणहरु नयाँ वेवसाइटबाट मात्रै सार्वजनिक हुने र पुरानो वेवसाइट अर्न्तगतका सम्पूर्ण युसर आइडी खारेज हुने भएकोले सूचीकृत कम्पनीहरुले सूचना तथा विवरणहरु तोकिएको समयभित्र सम्प्रेपण गर्न नसकेमा प्रचलित प्रावधान अनुसार भई जाने भएकाले समयमै युसर आइडी लिन नेप्सेले अनुरोध गरेको हो ।
नेप्सेले केहि समय अघि नयाँ वेवसाइट सुचारु गरेको थियो।

















