×
Lagani
Lagani Shiksha gif
निर्वाचन आयोगको ‘भष्मासुरको कथा’ पनि फ्लप , लाग्यो चोरीको आरोप !



निर्वाचन आयोगले निर्वाचन शिक्षा र चुनावको प्रचारका लागि बनाएको अर्को श्रव्य दृश्य सामग्री पनि विवादमा परेको छ ।

हिन्दू धर्मशास्त्रमा आधारित महादेवले भष्मासुरलाई दिएको वरदान सम्बन्धी विषयलाई समावेश गरिएको श्रव्यदृश्य सामग्री आयोगले आफ्नो ट्वीटरबाट सार्वजनिक गरेको थियो। आयोगले सार्वजनिक गरेको श्रव्य दृश्य सामग्री अन्तर्राष्ट्रिय सर्ट फिल्म कम्पिटिसन ‘माइ रोड रिल’मा सहभागी भइसकेको हिन्दी भाषाको श्रव्यदृश्य सामग्रीसँग हुबहु मिलेको छ ।

Lagani Shiksha gif
sharehubapk निर्वाचन आयोगको ‘भष्मासुरको कथा’ पनि फ्लप , लाग्यो चोरीको आरोप !

आयोगको प्रचार सामग्रीमा भनिएको कथा र त्यसले दिने सन्देशमात्र होइन, प्रस्तुतिसमेत पर्मिला मिडिया आर्टसले बनाएको श्रव्यदृश्य सामग्रीसँग हुबहु मिलेको हो ।

आयोगले यसअघि तयार पारेको निर्वाचन सम्बन्धी गीत पनि विवादमा परेपछि आयोगले त्यो गीत आफ्नो सामाजिक सञ्जालबाट हटाएको थियो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस