गोरखाको मनकामना दर्शनका लागि यात्री बोकेको बस दुर्घटनामा परेको छ ।
पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीबाट मनकामनाका लागि छुटेको ना ६ ख ७५८० नम्बरको बस पूर्वीनवलपरासीको बुलिङटार गाउँपालिका–२ मथारमा दुर्घटनामा पर्दा पाँच जनाको ज्यान गएको छ ।
प्रहरीका अनुसार २५ जना घाइते भएका छन् । दुर्घटना बिहान ४ बजे भएको हो । घाइतेको उद्धार भइरहेको र घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
आज बिहान ४ बजे भएको दुर्घटनाका घाइतेहरुलाई उद्धार गरि चितवन लैजाने तयारी भैरहेको छ ।
प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted
















