×
Lagani
Lagani Shiksha gif
यही महिनामा अर्को ग्रहण देखिदै , यस्तो छ मिती र समय।



दीपावलीपछि सूर्यग्रहण सकिएसँगै चन्द्रग्रहण लाग्ने भएको छ ।

चन्द्रग्रहण सूर्यग्रहणको ठीक १५ दिनपछि कार्तिक महिनाको २२  गते लाग्दैछ । यो पूर्ण चन्द्रग्रहण हुनेछ। नेपालमा यो ग्रहण २ घण्टा २० मिनेट लामो हुने छ। नेपालमा यो ग्रहण करिब ५ बजेर ११ मिनेट देखि देखिन सुरु हुने छ भने ७ बजेर ४१ मिनेट जादा समाप्त हुने छ। यद्यपि यो ग्रहण दिउसो १ बजेर ४७ मिनेट जादा सुरु हुने छ। तर नेपालमा दिउसो भएको कारण देखिने छैन।

Lagani Shiksha gif
sharehubapk यही महिनामा अर्को ग्रहण देखिदै , यस्तो छ मिती र समय।

१५ दिनमा दुई वटा ग्रहणको प्रभाव देशमा देखिने ज्योतिषीहरुले बताएका छन् । यसका कारण प्राकृतिक प्रकोप आउन सक्छ वा मौसममा अचानक परिवर्तन आउने विश्वास गरिन्छ । साथै चन्द्रग्रहणको प्रभावले देशबीच तनाव बढ्ने र दुई देशबीच सिमा विवाद हुन सक्ने र विकासको गति सुस्त हुन सक्ने बताइएको छ । जसका कारण व्यापारी वर्गमा चिन्ता बढ्न सक्छ ।

धार्मिक मान्यता अनुसार ग्रहणलाई अशुभ मानिन्छ, जसले हाम्रो जीवनमा नकारात्मक प्रभाव पार्न सक्छ । त्यसैले ग्रहणको अशुभ प्रभावबाट बच्न धेरै उपायहरु बताईएको छ । जसका कारण ग्रहणको समयमा मन्दिरका ढोकाहरू बन्द हुन्छन् । हिन्दु धर्मको मान्यता अनुसार ग्रहणको समयमा खाना खानु हुँदैन ।

ग्रहण लाग्नुभन्दा केही समयअघि कुश वा तुलसीको पातलाई खानेकुरामा हालेर ग्रहण सकिएपछि घर बाहिर फाल्ने मान्यता रहेको छ । चन्द्रग्रहण लागेपछि पहिले नुहाउने र त्यसपछि घरमा गंगाजल छर्कने गरिन्छ ।

मा ध्यान दिनुहोस् र पैसाको हानिबाट बच्न बुद्धिमानीपूर्वक पैसा खर्च गर्नुहोस्।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस