सामाजिक संजालमा भुवन केसी र जिया केसीको विवाह बारे समाचार भाइरल भइरहेका छन्।
तर यसकोपुष्टी भने हुन् सकेको थिएन। करिब सात वर्षदेखि अभिनेता भुवन केसी र जिया केसी प्रेम सम्बन्धमा छन् । यसबारे केसी संग प्रश्न गर्दा अमेरिका भ्रमणमा रहेका उनलेले चाँडै जियासँगको सम्बन्धलाई औपचारिकता दिने तयारी भइरहेको बताएका छन् । उक्त अन्तर्वार्तामा भुवनले जियाको नाम नलिएपानी माया गर्ने मान्छे आफ्नो जिन्दगीमा आएको उल्लेख गरेका छन् ।
तेस्रो विवाहको तयारीमा हुनुहुन्छ भनेर सोधिएको प्रश्नमा भुवनको जवाफ छ, ‘सोचिरहेको छु । साथ दिने र सपोर्ट गर्ने मान्छे मेरो जिन्दगीमा हुनुहुन्छ । उहाँले म र मेरो फ्यामिलीलाई पनि सपोर्ट गर्नुहुन्छ । मेरो फ्यामिलीले पनि सपोर्ट गर्छ । हेरौं, चाँडै गुड न्युज आउन पनि सक्ला । हामीले निर्णय गरिसकेका छैनौं, तर मलाई माया गर्ने साथी हुनुहुन्छ ।’
अमेरिकामा रहेकी जेठी पत्नीसँग भेट्ने र कुराकानी भइरहने भन्दै उनले सम्मान रहेको बताए पनि अनमोलकी आमा सुस्मिता सँग सम्बन्ध टुटेपछी नभेटेको र कुरा नभएको पनि उनले जनाए ।
















