बेलायती प्रधानमन्त्री लिज ट्रसले ठूलो आर्थिक संकटका बीच बेलायतको प्रधानमन्त्री पदबाट राजीनामा दिएकी छन् ।
प्रधानमन्त्री कार्यालयमा ४५ दिन मात्रै बिताएपछि ट्रसले राजीनामा दिएका हुन् । लिज ट्रस बेलायतको सबैभन्दा छोटो समयको प्रधानमन्त्री बनेकी छिन् । उनको आर्थिक कार्यक्रमले बेलायतको बजारमा अशान्ति ल्यायो र कन्जरभेटिभ पार्टीका धेरैले उनको राजीनामाको लागि आह्वान गरिरहेका थिए।
लिज ट्रसले कर कटौतीमा आफ्ना सबै नीतिहरू फिर्ता लिनु परेको थियो। नयाँ वित्तमन्त्री जेरेमी हन्टले कर कटौतीमा आफ्नो सबै नीतिहरू उल्टाए। विद्युत् महसुल बढाउने प्रतिबन्ध पनि हटाइएको छ । उनले भनिन्, ‘जुन स्थितिमा कन्जरभेटिव पार्टीले जुन म्यान्डेड दिएर मलाई प्रधानमन्त्री चुनेको थियो, त्यसलाई मैले पूरा गर्न सकिनँ ।’ यसअघि उनले आफ्नो सरकारको आर्थिक नीतिमा यू-टर्न गरेकोमा माफी पनि मागेकी थीईन र आफ्नो सरकारका पहिलो अर्थमन्त्रीको राजीनामा पनि लिएकी थिइन् ।
बेलायती प्रधानमन्त्री ट्रसले आफ्ना दुई ठूला निर्णयलाई उल्टाएको भन्दै आलोचना भइरहेको थियो । उनी कम्पनीको नाफामा कर कटौती गर्ने योजनाबाट मात्रै पछि परेकी थिइनन्, उनले आफ्नो नजिकको साथी क्वासी क्वार्टेङ्गलाई पनि अर्थमन्त्रीको पदबाट हटाउनुपरेको थियो ।
लिज ट्रस बेलायतको प्रधानमन्त्री कार्यालयमा लामो समय टिक्न नसक्ने धेरै मिडिया हाउसमा खबर आएको थियो । आफ्नो पूरै आर्थिक नीतिलाई उल्टाएर आफ्ना साथी तथा अर्थमन्त्री क्वासी क्वार्टेङ्गलाई पदबाट हटाएपछि जनमतमा उनको तथ्यांक रेकर्ड स्तरमा झरेको छ । कन्जरभेटिभ पार्टीका सांसदहरुले समेत उनलाई पदबाट हटाउने योजना बनाएका थिए ।
















