गत आइतबार १०३ वर्षको उमेरमा निधन भएका संस्कृतिविद् सत्यमोहन जोशीको इच्छा अनुसार कलाकार लोक चित्रकारले चक्रसंवर अभिलेख गरिरहेका छन्।
नेपालको संस्कृति, कला तथा लोक साहित्यमा विशेष योगदान पुर्याएका जोशीले आफ्नो ‘अन्तिम इच्छा’ अनुसार चक्रसंवर बनाउन लगाएका थिए।
जोशीकै परिकल्पनामा प्रसिद्ध पौभा: चित्रकार लोक चित्रकारको नेतृत्वमा बन्दै गरेको चक्रसंवर तयार हुन अझै दुई महिना लाग्ने बताइन्छ।
बौद्ध शास्त्रमा आधारित चक्रसंवरले ‘करुणा र प्रज्ञाको संयोजनबाट ज्ञान प्राप्त गर्न सकिन्छ’ भन्ने उदाहरण प्रतीक चिन्हहरूको माध्यमबाट समाजलाई देखाउन खोजेको चित्रकार बताउँछन्। हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।
प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted

















