×
Lagani
Lagani Shiksha gif
नेताको तारिफ गर्न नमानेपछि सुरक्षकर्मीले कुटेपछी १५ वर्षीया किशोरीको ज्यान गयो ।



उत्तर–पश्चिम इरानमा गत हप्ता एक १५ वर्षीया एक किशोरीको सुरक्षा बलले कुटपिट गर्दा मृ’त्यु भएको शिक्षक युनियनले आरोप लगाएको छ ।

विद्यालयमा छापा मार्ने क्रममा विद्यार्थीको मृ’त्यु भएको शिक्षक युनियनले आरोप लगाएको हो । अर्दबिलमा भएको घटनामा सुरक्षा बलले सर्वोच्च नेताको प्रशंसा गर्दै गान गाउन लगाएको थियो तर केही विद्यार्थीले अस्वीकार गरेका थिए । सुरक्षाकर्मीको कुटाइमा घाइते भएका कयौँ विद्यार्थीमध्ये आसरा पनाही पनि थिइन् ।

Lagani Shiksha gif
sharehubapk नेताको तारिफ गर्न नमानेपछि सुरक्षकर्मीले कुटेपछी १५ वर्षीया किशोरीको ज्यान गयो ।

तर, अधिकारीहरुले उनीमाथि कुटेको अस्वीकार गर्दै पीडित छात्रामा ह्दयसम्बन्धी समस्या भएको जनाएको थियो । एक महिनाअघि इरानमा सरकार विरोधी प्रदर्शन भइरहेका बेला कैयौं किशोर किशोरीको मृ’त्यु भएको बताइएको छ । सुरक्षाकर्मीको आक्रमणमा उनीहरुको मृ’त्यु भएको हो ।

हिरासतमा रहेकी एक युवतीको मृ’त्युपछि भड्किएको प्रदर्शन देशव्यापी फैलिएको छ । हिजाबसम्बन्धी नियम उल्लंघन गरेको आरोपमा उनलाई नैतिकतासम्बन्धी सुरक्षाकर्मीले पक्राउ गरेका थिए । पक्राउपछि हिरासतमा राखिएको केही दिनपछि उनको मृ’त्यु भएको थियो । प्रहरीले हिरासतमा उनलाई यातना दिएर मा’रेको पीडितका आफन्तले जनाएका छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस