पिपुल्स पावर कम्पनी लिमिटेडकाे शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ।
२ सय ८४ दशमलभ १० रुपैयाँमा पहिलो कारोबार भएर राम्रो ओपनिङ्ग गरेको कम्पनीको शेयर म्युचल फण्डले धमाधम बिक्रि गरेपछि पहिलो दिन देखिनै गिरावट आएको हो। आजपनि कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ। कम्पनीको शेयरमूल्य घटेर यतिबेला २ सय ९ दशमलभ २० रुपैयाँ कायम भएको छ। म्युचुअल फण्डहरूले नै ठुलो मात्रामा बिक्रि गर्न थालेपछि कम्पनीको शेयरमूल्यमा गिरावट आएको हो।
त्यस्तै एकैदिन नेप्सेमा सुचिकृत भएको सयपत्री हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
नेप्सेमा सुचिकृत भएपछी लगातार सर्किट लेभलमा कारोबार भएको लघुवित्तको शेयरमूल्यमा आज पनि सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयरमूल्य ९ दशमलभ ९९ प्रतिसतले बढेर प्रतिकित्ता रु २ सय ३५ दशमलभ ६० पुगेको छ । अघिल्लो कारोबारको दिन २ सय १४ दशमलभ २०मा अन्तिम कारोबार भएको कम्पनीको आज २ सय १८ दशमलभ ४० शेयर कारोबार खुल्ला भएको थियो।
















