SCBD 1111 6 SBI 482.9 -6 RHGCL 388 0 IGI 600 -4 USHL 783.2 -13.7 GBILD86/87 1030 4 LUK 9.21 -0.09 NMBMF 695 -10 UNL 48870 -930 NWCL 975 -13.9 NSIF2 10.52 0.02 NTC 980.1 -2.4 NBF3 9.04 0.17 HBL 260 -13 RIDI 235 0 AKJCL 209 -3 MKCL 1497 -26 MEHL 380.1 -19.9 CIZBD86 1060 -10 NLO 242.1 0 GILB 1268.4 4.4 MAKAR 500 6 GBIME 256.1 -4.4 SBCF 9 -0.2 NICAD8283 1169.8 86.8 BHPL 655.1 -12.7 GCIL 498 -5.8 AHPC 267 -0.6 BFC 625 9.1 SRLI 443.1 -4.9 SIGS2 10.05 0 HLBSL 1010 -10 SHINE 473 -1.8 H8020 10.2 -0.05 GMFIL 623 1 NBLD87 1020 -8 AHL 651 2 JBLB 1534 -3 MFIL 768 48 SRBLD83 1065 -10
×
इष्टर्न हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन



इष्टर्न हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले सर्वसाधारणका लागि २८ असोजमा आईपीओ निष्कासन गरेको थियो । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ६ लाख २० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निष्कासन गरेकोमा बाँकी रहेको ५० हजार ३१० कित्ता सेयर सहित गरी ६ लाख ७० हजार ३१० कित्ता शेयर निष्कासन गरेको हो । सोमध्ये ३३ हजार ५१५ कित्ता शेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ भने  १३ हजार ४०६ कित्ता शेयर कर्मचारीहरूका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी ६ लाख २३ हजार ३८९ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरू तथा मेरो शेयर वेब तथा एपबाट आवेदन दिन सक्नेछन् । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस