सरकारले आज मंगलबार सार्वजनिक बिदा दिएको छ ।
शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा एक दिन देशभर सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । आज सार्वजनिक बिदा भएको कारण शेयर कारोबार नहुने नेप्सेले जनाएको छ। अब नेप्सेमा भोलि देखि कारोबार हुने छ।
शताब्दी पुरुष जोशीको १०३ वर्षको उमेरमा आइतबार बिहान निधन भएको थियो । उनको निधनको शोकमा आज देशभरका सरकारी कार्यालय, सार्वजनिक संघसंस्था र विदेशस्थित कुटनीतिक नियोगमा राष्ट्रिय झण्डा झुकाउने समेत निर्णय भएको गृहले जनाएको छ ।
अस्पतालका अनुसार उनलाई हाल डिलक्स क्याबिनमा सुक्ष्म निगरानीमा राखिएको थियो । जीवित अवस्थामै हुलाक टिकटमा प्रकाशित उनी पहिलो नेपाली नागरिक पनि हुन् ।
प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted
















