×
Lagani
Lagani Shiksha gif
अभियान लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट ।



अभियान लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

नेप्सेमा सुचिकृत भएपछी लगातार सर्किट लेभलमा कारोबार भएको लघुवित्तको शेयरमूल्यमा आज पनि सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयरमूल्य ९ दशमलभ ९९ प्रतिसतले बढेर प्रतिकित्ता रु ८ सय ८  पुगेको छ । अघिल्लो कारोबारको दिन ७ सय ३४ दशमलभ ६०  मा अन्तिम कारोबार भएको कम्पनीको आज ७ सय ४९ शेयर कारोबार खुल्ला भएको थियो।

कम्पनीले केहि समय अघिमात्रै आईपियो निस्कासन गरि बाँडफाँट  गरेको थियो।  संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता सेयर निष्कासन गरेको थियाे ।

कुल कित्ताको ५ प्रतिशतले हुन आउने ४८ हजार ७५० कित्ता सेयर सामूहिक लगानी कोष र ०.५ प्रतिशतले हुन आउने १२ हजार ५०० कित्ता कर्मचारीका लागि सुरक्षित गरी बाँकी ९ लाख १३ हजार ७५० कित्ता सर्वसाधारणहरूका लागि छुट्याइएकाे थियाे ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस