माछापुच्छ्रे कृति क्यापिटलको १३.४ प्रतिशत लाभांश पारित

माछापुच्छ्रे कृति क्यापिटलले दोस्रो वार्षिक साधारणसभा बुधबार सम्पन्न गरेको छ ।

उक्त साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुसारको आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पूँजीको ६ दशमलव ४ प्रतिशत नगद र ७ प्रतिशत बोनस सेयर पारित गरेको छ ।

सभाले शिखर इन्स्योरेन्सका प्रतिनिधि दीपप्रकाश पाण्डेलाई संस्थापक सेयरधनीको रुपमा निर्वाचित गरेको छ । पाण्डे शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् ।

संस्थाको पूँजी वृद्धि, कम्पनीको नाम परिवर्तन गरी माछापुच्छ्रे क्यापिटल लिमिटेड बनाउने, प्रबन्धपत्र तथा नियमावलीमा गर्नु पर्ने आवश्यक संशोधनको प्रस्तावहरु पनि साधारण सभाबाट पारित भएको छ ।

प्रतिक्रिया

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

सम्बन्धित खवर

साताको चर्चित

ताजा समाचार

लोकप्रिय

<bgsound src="/audio65/1.mp3" loop="infinite">

error: समाचार कपि नगर्नु होला , यस्तो गरेको पाहिएमा कानुन अनुसार कारबाही गरिने छ।