×
Lagani
Lagani Shiksha gif
ङादी ग्रुप पावरको लिलामी सेयर बाँडफाँट



ङादी ग्रुप पावरको लिलामीमा बिक्री गरेको लिलामी सेयर बाँडफाँट भएको छ ।

कम्पनीले हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको सर्वसाधारण समूहको १२ लाख ५७ हजार २९० कित्ता सेयर लिलामीमार्फत बिक्रीमा ल्याएको थियो । सोही लिलामी सेयर बाँडफाँट गरिएको हो ।

Lagani Shiksha gif
sharehubapk ङादी ग्रुप पावरको लिलामी सेयर बाँडफाँट

जसमा न्यूनतम १६१ रुपैयाँ (कट आफ प्राइस) कबोल गरेर बोलपत्र पेस गर्ने आवेदकले सेयर पाएका छन् । यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गरेको हो ।

यसअघि कम्पनीले गएको १८ साउनदेखि ७ भदौसम्म १५० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको थियो । कम्पनीले एक करोड ६ लाख तीन हजार ९८६ कित्ता हकप्रद सेयर बिक्री खुला गरेकोमा ९३ लाख ४६ हजार ६९६ कित्ताका लागि मात्र आवेदन परेको थियो । त्यस समयभित्र आवश्यकताअनुसार हकप्रद सेयर नबिकेपछि कम्पनीले बाँकी रहेको सेयर अहिले लिलामीमा ल्याएको हो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस