×
Lagani
Lagani Shiksha gif
राधी विद्युत कम्पनीको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन



राधी विद्युत कम्पनीको हकप्रद सेयरमा आवेदनका लागि आज मंगलबार अन्तिम दिन रहेकाे छ।

लगानीकर्ताले  कार्यालय समयभित्रमा यसमा आवेदन दिनुपर्नेछ । कम्पनीले असोज ५ गतेदेखि १ः१.४७५२ अनुपातमा हकप्रद सेयर बिक्री खुला गरेको छ । यसले प्रतिकित्ता १०० रुपैयाँ दरले कुल ९५ लाख ३५ हजार ७६०.९९ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । राधीले हकप्रद सेयर बिक्रीका लागि भदौ १२ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, भदौ १० गतेसम्म कायम सेयरधनीले कम्पनीले जारी गरेको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

Lagani Shiksha gif
sharehubapk राधी विद्युत कम्पनीको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन

यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गरेको छ । हकप्रदमा मुक्तिनाथ क्यापिटल, अपि पावर कम्पनी, ट्रेड टावर थापाथली तथा मुक्तिनाथ विकास बैंकको इटहरी, पोखरा, नागढुंगा, नारायणगढ, सुर्खेत, नेपालगंज, धनगढी, जनकपुर र लमजुङको बेसीशहर शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

साथै, मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ । हाल राधीको चुक्ता पुँजी ६४ करोड ६४ लाख रुपैयाँ भन्दा बढी रहेको छ । हकप्रद बिक्रीपछि पुँजी करिब १ अर्ब ६० करोड रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस