×
राधी विद्युतको हकप्रदमा मंगलबारसम्म मात्र आवेदन दिन सकिने



राधी विद्युत कम्पनीको हकप्रदमा आवेदन दिने म्याद अब दुई दिन मात्रै बाँकी छ ।

कम्पनीले आफ्ना सेयरधनीहरूलाई गत ५ असोजबाट हकप्रद सेयर बिक्री खुला गरेको छ ।  कम्पनीले चुक्तापुँजीको १ः१.४७५२ अनुपातमा हकप्रद बिक्री खुला गरेको हो । कम्पनीले ९५ करोड ३५ लाख ७६ हजार ९९ रुपैयाँबराबरको हकप्रद निष्कासन गरेको छ ।

जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ९५ लाख ३५ हजार ७६०.९९ कित्ता हकप्रद आफ्ना सेयरधनीहरूका लागि जारी गरेको छ ।  धितोपत्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार यो हकप्रदमा २५ असोजसम्म बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस