×
Lagani
Lagani Shiksha gif
आईपीओ निष्कासन गर्दै सोपान फर्मास्युटिकल्स , बिक्री प्रवन्धकमा एनएमबि क्यापिटल नियुक्त।



सोपान फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणका लागि १४ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले आफ्नो जारी पूँजीलाई वृद्धि गरी ७० करोड कायम गरि सो जारी पूँजीको २० प्रतिशत अर्थात् १४ करोड बराबरको शेयर सर्वसाधारणमा सार्वजनिक निष्काशन गर्न लागेको हो। आईपीओ निष्कासन गर्नका लागि एनएमबि क्यापिटल लिमिटेडलाई निष्काशन तथा नियुक्त गरेको छ ।

Lagani Shiksha gif
sharehubapk आईपीओ निष्कासन गर्दै सोपान फर्मास्युटिकल्स , बिक्री प्रवन्धकमा एनएमबि क्यापिटल नियुक्त।

यसका लागि मंगलबार दुवै पक्षबीच सम्झौता भएको छ । सम्झौतापत्रमा सोपान फर्मास्युटिकल्सका सीईओ सुमन न्यौपाने र एनएमबि क्यापिटलका सीईओ दिपेशकुमार वैद्यले हस्ताक्षर गरेका छन् । सोपानका प्रमुख कार्यकारी अधिकृतले उक्त शेयर निष्काशन यसै वर्षभित्रमा नै सम्पन्न गरिसक्ने गरी क्यापिटलसँग योजना बनाएको समेत जानकारी दिएका छन् ।

कम्पनीले आवश्यक प्रक्रिया पूरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिनु पर्ने छ। बोर्डबाट अनुमति पाएपछि कम्पनीले आईपीओ निष्कासन गर्नेछ ।

कम्पनीमा गैरआवासीय नेपाली व्यवसायी, व्यापारिक घराना, औषधि, स्वास्थ्य तथा विविध क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तिहरूको लगानी छ । यस उद्योगले एन्टिवायोटिक्स, मुटुरोग, मधुमेह, स्वास प्रस्वास, छालारोग, नशा तथा हाडजोर्नी, मानसिक रोग, पाचन प्रणाली, प्रोस्ट्रेट, प्रतिरक्षा प्रणाली र भिटामिन्ससँग सम्बन्धित औषधिहरु उत्पादन गर्दै आइरहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस