×
Lagani
Lagani Shiksha gif
साञ्जेन जलविद्युत् कम्पनीको आईपीओमा आवेदन दिने समय थप।



साञ्जेन जलविद्युत् कम्पनीले आईपीओमा आवेदन दिने समयावधि थप गरेको छ ।

कम्पनीको आइपीओमा अब ३० असोजसम्म आवेदन दिन सकिनेछ । कम्पनीले ५ भदौदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आइपीओ बिक्री खुला गरेको थियो । कम्पनीले १ सय अंकित मूल्यमा ३६ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको हो ।

यसमा आयोजनाबाट अति प्रभावित क्षेत्र क्षेत्र आमाछोदिङमो गाउँपालिका–५ चिलिमे र आयोजना निर्माण गर्ने प्रसारण लाइनबाट प्रभावित गोल्जुङका बासिन्दाले आवेदन दिन सक्नेछन् । यस्तै, सामान्य प्रभावित आमाछोदिङमो गाउँपालिकाका अन्य वडाहरू १, २, ३ तथा सामान्य प्रभावित बाँकी सम्पूर्ण जिल्लाका सबै बासिन्दाहरुले पनि आवेदन दिन सक्नेछन् ।

स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम ७०० कित्तासम्म आवेदन दिन सक्नेछन् । यो आइपीओमा नागरिक लगानी कोष बिक्री प्रबन्धक रहेको छ । यस्तै, सहनिष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल र एनएमबि क्यापिटल रहेका छन् ।

2nd time e 1561803762 scaled साञ्जेन जलविद्युत् कम्पनीको आईपीओमा आवेदन दिने समय थप।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार
लोकप्रिय
सिफारिस