×
आईपीओ निष्कासन गर्न माथिल्लो मैलुङ खोला जलविद्युतले बोलायो एजीएम।



माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले आईपीओ जारी गर्ने प्रस्तावसहित ९ असोजमा नवौं वार्षिक साधारणसभा गर्ने भएको छ ।

कम्पनीको १२ भदौमा बसेको सञ्चालक समितिको बैठकले साधारणसभा गर्ने निर्णय गरेको हो ।  सभाबाट आईपीओ निष्कासन गर्ने सम्बन्धमा आवश्यक निर्णय गर्ने एजेन्डा रहेको कम्पनीले जानकारी गराएको छ ।

साथै, सभामा आर्थिक वर्ष २०७८–७९ को वार्षिक प्रतिवेदन र नाफा नोक्सानसम्बन्धी विषयमा छलफल गर्ने प्रस्ताव छ ।  यस्तै, आर्थिक वर्ष २०७९–८० को लागि लेखा परीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि राखिएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस