नेपाल धितोपत्र बोर्डले आज धितोपत्र बजार सञ्चालनका लागि सङ्गठित संस्था स्थापना गर्ने सिफारिसका लागि निवेदन दिने सम्बन्धी सुचना जारी गरेको छ।
नयाँ स्टक एक्सचेञ्जले कम्तीमा रु ३ अर्ब चुक्ता पूँजी पुराउनु पर्नेछ। बोर्डले वस्तु विनिमय बजार सम्बन्धी ऐन, २०७४ र सो अन्तर्गत बनेका नियम विनियम तथा अन्य प्रचलित कानूनका अधिनमा रही वस्तु विनिमय बजार सञ्चालन गर्न वस्तु विनिमय बजार सम्बन्धी ऐन, नियमावली तथा निर्देशिका बमोजिम योग्यता पुगेका इच्छुक संस्थाले ४५ दिन भित्र आवेदन दिन सूचना प्रकाशित गरेको हो।
साथै धितोपत्र सम्बन्धी ऐन, २०६३ र सो अन्तर्गत बनेका नियम तथा प्रचलित कानुन बमोजिम धितोपत्र बजारको बिकास तथा विस्तार गर्दै यसको सेवा तथा गुणस्तरमा स्वच्छ, निष्पक्ष, पारदर्शी र प्रतिष्पर्धी बनाई धितोपत्र बजारमा सर्वसाधारण लगानीकर्ताको पहुँच अभिवृद्धि गर्ने हेतुले धितोपत्र बजारमा धितोपत्र दलाल तथा धितोपत्र व्यापारी थप गर्न बोर्डले इच्छुक संस्था समक्ष आवेदन माग गरेको छ। आवेदन पेश गर्न चाहने संस्थाले प्रकाशित मितिको ३० दिनभित्र धितोपत्र दलाल तथा धितोपत्र व्यापारी नियमावली, २०६४ मा तोकिए बमोजिम निवेदन दिनुपर्नेछ।
त्यस्तै बोर्डले वस्तु विनिमय बजार सम्बन्धी ऐन, २०७४ र सो अन्तर्गत बनेका नियम विनियम तथा अन्य प्रचलित कानूनका अधिनमा रही वस्तु विनिमय बजार सञ्चालन गर्न वस्तु विनिमय बजार सम्बन्धी ऐन, नियमावली तथा निर्देशिका बमोजिम योग्यता पुगेका इच्छुक संस्थाले ४५ दिन भित्र आवेदन दिन सूचना प्रकाशित गरेको हो। योग्यता पुगेका इच्छुक संस्थाले आजको मिति देखी ४५ दिन भित्र निवेदन पेश गर्नुपर्नेछ।















