×
Lagani
Lagani Shiksha gif
लक्ष्मी इक्विटी फण्डकाे सेयर बजारमा लगानी वृद्धि



लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालित लक्ष्मी इक्विटी फण्डको सेयर बजारमा लगानी वृद्धि भएकाे छ ।

फन्डले असोज मसान्तको खुद सम्पत्ति मूल्यसम्बन्धी वित्तीय विवरण  मंगलबार सार्वजनिक गर्दा फन्डको सूचीकृत सेयरमा भएको लगानी मूल्य भदौ मसान्तको तुलनामा असोज मसान्तमा वृद्धि भएको उल्लेख छ ।

Lagani Shiksha gif
sharehubapk लक्ष्मी इक्विटी फण्डकाे सेयर बजारमा लगानी वृद्धि

भदौ महिनाको तुलनामा असोजमा सूचीकृत कम्पनीको सेयरमा लगानी पाँच करोड २४ लाख १७ हजार रुपैयाँले बढेर ९७ करोड १९ लाख रुपैयाँ पुगेको छ । फन्डले असोज मसान्तसम्ममा लगानी गरेका कम्पनीहरूको सेयर मूल्यमा वृद्धि भएसँगै सूचीकृत सेयरमा लगानी बढेको हो ।

फन्डले असोज मसान्तसम्ममा २३ करोड २३ लाख ४८ हजार रुपैयाँ नाफा कमाएको छ । याे भदौ मसान्तको तुलनामा नाफा असोज मसान्तमा ९ दशमलव ३१ प्रतिशत घटेको हो । त्यस्तै, भदौ मसान्तसम्ममा फन्डले २५ करोड ६२ लाख १० हजार रुपैयाँ नाफा कमाएको थियो ।

असोज मसान्तमा फन्डको आम्दानीमा कमी आएकाले नाफा घटेको हो । भदौ मसान्तसम्ममा फन्डले २६ करोड ११ लाख १९ हजार रुपैयाँ आम्दानी गरेकोमा असोज मसान्तमा २३ करोड ९८ लाख ७८ हजार रुपैयाँमा सीमित भएको हो ।

विवरणअनुसार यस फन्डको एनएभी (प्रतिइकाइ खुद मूल्य) भने भदौ मसान्तको तुलनामा असोज मसान्तमा कमी आएको छ । फन्डको प्रतिइकाइ खुद सम्पत्ति मूल्य भदौ मसान्तसम्ममा १२ दशमलव ४६ रहेकोमा असोज मसान्तसम्ममा घटेर १२ दशमलव २७ मा झरेको हो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस