×
Lagani
Lagani Shiksha gif


ब्रजिलको आदिवासी मामिला निकायले सन् २०११ मा खिचेको भिडिओमा विश्वका सबैभन्दा एक्ला मानिस भनेर चिनिएका एउटा आदिवासी समुदायका यी व्यक्तिले रूख काटिरहेको देखिन्छ।

सन् २०२२ अगस्ट २३ मा उनको शव उनकै छाप्रो बाहिर फेला परेको थियो। उनी आफ्नो समुदायका अन्तिम व्यक्ति थिए। उनको उमेर ६० वर्ष भएको आकलन गरिएको छ। उनी विगत २६ वर्षदेखि एकान्तवासमा थिए।

Lagani Shiksha gif
sharehubapk म्यान अफ द होल: विश्वका सबैभन्दा एक्ला मानिसको दुर्लभ भिडिओ

यो समुदाय बोलिभिया सीमानजिक तनारु आदिवासी क्षेत्रमा बसोबास गर्दै आएको थियो। पशुपालन गर्ने समूहले आफ्नो क्षेत्र विस्तार गर्ने क्रममा सन् १९७० को दशकमा यो आदिवासी समुदायका अधिकांश मानिसहरूको हत्या गरेको ठानिएको छ।

अगस्ट २३ मा निधन भएको भनिएका यो समुदायका अन्तिम व्यक्तिको उमेर ६० वर्ष रहेको र उनको निधन प्राकृतिक कारणबाट भएको ठानिएको छ। उनको क्षेत्रमा अरू व्यक्तिको घुसपैठ भएको कुनै सङ्केत नपाइएको र उनी बस्दै आएको छाप्रोमा पनि कुनै क्षति नभएको अधिकारीहरूले बताएका छन्।

यद्यपि अनुसन्धानका लागि प्रहरीले उनको पोस्टमोर्टम गरिने जनाएको छ। ब्रजिलको संविधानले आदिवासी मानिसहरूलाई उनीहरू बस्दै आएको जमिनको अधिकार दिएको छ।

यस्तो जमिन कब्जा गर्न चाहनेहरूले आदिवासीहरूको हत्या गर्ने गरेका छन्। म्यान अफ द होल भनिने आदिवासी समुदायका अन्तिम व्यक्तिको सुरक्षाका लागि सन् १९९६ यता ब्रजिलको आदिवासी मामिला निकायले निगरानी गरिरहेको थियो।

उक्त निकायले सन् २०१८ मा उनको भिडिओ खिच्न सफल भएको थियो। भिडिओ दृश्यमा उनी बन्चरो जस्तो वस्तुले रुख काटिरहेका देखिन्छन्।आदिवासी निकायका प्रतिनिधिहरू छ्वालीबाट बनेको उनको छाप्रोमा समेत पुग्दा पनि त्यसयता उनी कतै देखा परेनन्।

उनले खनेका गहिरा खाडलहरूका पिँधमा तिखा तीरहरू राखिएका थिए। उनले आफ्नो छाप्रो वरपर मकै, कन्दमूल र केरा तथा मेवाजस्ता फलफूल रोपेको पाइएको छ। ब्रजिलमा २४० वटा आदिवासी समुदायहरू छन्।

उनीहरूलाई गैरकानुनी खानी सञ्चालक, रुख तस्कर र उनीहरूको क्षेत्र मिच्न खोज्ने किसानहरूबाट खतरा रहेको आदिवासी समूहहरूको अधिकारका लागि काम गर्दै आएको संस्थाले जनाएको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस