×
Lagani
Lagani Shiksha gif
श्रृजनशील लघुवित्तको आईपीओमा आवेदनको ओहिरो , तपाइलाई पर्ने सम्भावना कति ?



श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आवेदनको ओहिरो लागेको छ ।

सीडीएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार भदौ १६ गते बिहान १० बजेसम्म ७ लाख ४७ हजार २ सय ८३ जना आवेदकहरूबाट ८३ लाख ५६ हजार ६० कित्ता शेयर खरीद माग परेको हो । जुन कम्पनीले सर्वसाधारणमा निष्कासन गरेको भन्दा २१ दशमलभ २२ गुणा बढी हो। हालको आवेदन हेर्दा जम्मा ५ प्रतिसत आवेदकले शेयर हात पर्ने देखिन्छ।

कम्पनीले भदौ १५ गतेदेखि प्रतिशेयर रू. १०० अंकित मूल्यका रू. ३ करोड ९३ लाख ७५ हजार बराबरको ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ सर्वसाधारणमा बिक्रि गर्न लागेको हो । लघुवित्तले निष्कासन गर्नेे कुल ३ लाख ९३ हजार ७५० कित्ता शेयरमध्य जारी पूँजीको ०.५ प्रतिशत अर्थात ५ हजार ४७० कित्ता कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १९ हजार ६९० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ भने बाँकी रहेको ३ लाख ६८ हजार ५९० कित्ता शेयर सर्वसाधारणको लागि छुट्टाइएको छ।

उक्त आइपीओमा न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि भदौ १९ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

आईपीओ निष्कासनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्गस नेपालले लघुवित्तलाई केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग रेटिङ्ग प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व  बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार
लोकप्रिय
सिफारिस