×
कतिमा भयो राप्ती हाइड्रो एण्ड जनरल कन्ट्रक्सनको नेप्सेमा पहिलो कारोबार ?



राप्ती हाइड्रो एण्ड जनरल कन्ट्रक्सन लिमिटेडको मंगलवार नेप्सेमा पहिलो कारोबार भएको छ।

कम्पनीको आज ३ सय १९ रुपैयाँमा पहिलो कारोबार भएको हो। स्पेसल प्रिओपन सेसनमा कारोबार भए संगै अब कम्पनीको नियमित सेसनमा शेयर कारोबार हुने भएको हो।

मंगलवार नेप्सेमा कम्पनीको ६१ लाख २७ हजार ९३८ कित्ता शेयर नेप्सेमा आरएचजीसीएल(RHGCL) स्टक संकेत सहित सूचीकृत भएको हो । नेप्सेले कम्पनीको शेयरलाई न्यूनतम १०६ दशमलव ३५ रुपैयाँदेखि ३१९ दशमलव ६ रुपैयाँ ओपनिङ रेञ्ज प्रदान गरेको थियो ।

कम्पनीले असार २९ गतेबाट साउन १ गतेसम्म २३ करोड ६६ लाख २४ हजार रूपैयाँ बराबरको २३ लाख ६६ हजार २४० कित्ता साधारण शेयर निष्कासन (आईपीओ) विक्री खुला गरेको थियाे । आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आईआर बी रेटिङ प्रदान गरेको छ । यसले दायित्व वहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।

Screenshot 2022 08 31 110027 कतिमा भयो राप्ती हाइड्रो एण्ड जनरल कन्ट्रक्सनको नेप्सेमा पहिलो कारोबार ?

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस