श्रृजनशील लघुवित्तले आज देखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ ।
कम्पनीले ३ करोड ३७ लाख २ हजार ५०० रुपैयाँ बराबरको ३ लाख ३७ हजार २५ कित्ता साधारण शेयर जारी गरेको हो जुन कम्पनीको जारी पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३६ प्रतिशत हुन् आउछ ।लघुवित्तले जारी पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३६ प्रतिशत आईपीओ निष्कासन गर्न लागेको हो ।
लघुवित्तले निष्कासन गर्नेे कुल ३ लाख ९३ हजार ७५० कित्ता शेयरमध्य जारी पूँजीको ०.५ प्रतिशत अर्थात ५ हजार ४७० कित्ता कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १९ हजार ६९० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ भने बाँकी रहेको ३ लाख ६८ हजार ५९० कित्ता शेयर सर्वसाधारणको लागि छुट्टाइएको छ।
उक्त आइपीओमा न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि भदौ १९ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग बमोजिम आवेदन नपरेमा भदौ २९ गतेसम्म थप हुनेछ । लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।
आईपीओ निष्कासनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्गस नेपालले लघुवित्तलाई केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग रेटिङ्ग प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ ।













