×
Lagani
Lagani Shiksha gif
यी हुन् नेप्से बढ्दा सार्बधिक कमाउने कम्पनि।



धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक तीन दशमलव ७६ अङ्कले उकालो लागेर एक हजार नौ सय ९३ दशमलव शून्य दुईमा पुगेको छ । यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ७६ ले वृद्धि भई तीन सय ८७ दशमलव ४६ मा पुगेको छ । नेप्सेका अनुसार कूल दुई सय २२ कम्पनीको ३४ लाख ४० हजार नौ सय कित्ता शेयर रु एक अर्ब २६ करोड ६६ लाख १९ हजार एक सय ५० मा कारोबार भयो ।

Lagani Shiksha gif
sharehubapk यी हुन् नेप्से बढ्दा सार्बधिक कमाउने कम्पनि।

कारोबार भएका १३ उपसमूहमध्ये चार उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ भने नौ उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ । बैंकिङ शून्य दशमलव १५, लघुवित्त तीन दशमलव ९८, सामूहिक लगानी कोष शून्य दशमलव १६ र लगानी शून्य दशमलव ३८ अङ्कले ओरालो लाग्यो ।

यस्तै, व्यापार १७ दशमलव १४, होटल तथा पर्यटन ३५ दशमलव ३८, विकास बैंक २८ दशमलव १३, जलविद्युत् छ दशमलव ९२, वित्त ३१ दशमलव, निर्जीवन बीमा सात दशमलव शून्य नौ, उत्पादन ४० दशमलव ५५, अन्य छ दशमलव ९३ र जीवन बीमा ४३ दशमलव १२ अङ्कले उकालो लागेको छ ।

नेप्सेका अनुसार आजको कारोबारपछि बजार पूँजीकरण रु २८ खर्ब ५६ अर्ब ७७ करोड ७९ लाख ५९ हजार ४३ बराबर रहेको छ । सोमबारको कारोबारका आधारमा नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु ११ करोड २५ लाख ७६ हजार सात सय ७८ बराबरको कारोबार भयो ।

यस्तै, अरुण काबेली पावर रु पाँच करोड ५५ हजार एक सय आठ, हिमालयन डिस्टिलरी रु चार करोड दुई लाख ४९ हजार एक सय ९२, शिवम् सिमेन्ट रु तीन करोड ५८ लाख चार हजार सात सय र रिडी हाइड्रोपावर रु तीन करोड ५४ लाख ६० हजार छ सय ५६ बराबरको कारोबार भई शीर्ष पाँचमा रहेका छन् ।

नेप्सेका अनुसार विन नेपाल लघुवित्त सात दशमलव ४८, रिलायन्स फाइनान्स छ दशमलव ६४, मैलुङ खोला जलविद्युत् कम्पनी पाँच दशमलव ८४, सिभिल लघुवित्त चार दशमलव ९६ र समता घरेलु लघुवित्तका लगानीकर्ताले चार दशमलव ६३ प्रतिशतले कमाए ।

त्यस्तै, रुरु जलविद्युत् परियोजना पाँच दशमलव ७०, एनएमबी हाइब्रिड फण्ड एक तीन दशमलव ७३, एनआइबिएल प्रगति फण्ड तीन दशमलव ६९, नबिल ब्यालेन्स फण्ड तेस्रो तीन दशमलव शून्य दुई र सामुदायिक लघुवित्तका लगानीकर्ताले दुई दशमलव ४७ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस