×
खप्तड लघुवित्तको आईपीओमा १६५ गुणा बढी आवेदन , जम्मा १२ हजार आवेदकले शेयर पाउने।



खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा मागभन्दा १ सय ६५ गुणा बढी आवेदन परेको छ ।

सीडीएस एण्ड क्लिएरिङ्ग लिमिटेडका अनुसार संस्थाको आईपीओमा अन्तिम दिन आइतबार साझ ५ बजेसम्म १८ लाख ५० हजार १ सय ३२   जना आवेदकहरूबाट २ करोड ४ लाख २२ हजार ४०० कित्ता शेयर खरीद माग भएको हो । जुन कम्पनीले  सर्वसाधारणको लागि निष्कासनमा ल्याएको १ लाख २३ हजार ४०० कित्ता भन्दा १ सय ६५ गुणा बढी आवेदन हो ।

कम्पनीले बुधवारदेखि सर्वसाधारणमा १ लाख २३ हजार ४०० कित्ता आईपीओ सार्वजनिक निष्कासनमा ल्याएको हो । निष्कासन गर्न लागेको कुल कित्ता मध्य जारी पूँजीको ०.५ प्रतिशत अर्थात २ हजार कित्ता कर्मचारीहरुका लागि र सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये ५ प्रतिशत अर्थात ६ हजार ६०० कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ।

माग भन्दा बढी आवेदन परेको हुदा गोलाप्रथा द्वारा शेयर बाडफाटँ गरिने छ। त्यसरी बाडफाटँ गर्दा १२ हजार ३ सय ४० आवेदकले १० हजार किताको दरले शेयर हात पर्ने छन भने बाकि १८ लाख ३७ हजार बढीको हात खालि रहने छ।

त्यस्तै बाँकी रहेको १ लाख २३ हजार ४०० कित्ता शेयरका लागि सर्वसाधारणको लागि छुट्टाइएको थियो जसमा  न्यूनतम १० कित्तादेखि १ हजार ३२० कित्तासम्मका लागि आवेदन दिन सकिने व्यवस्था रहेको थियो । आईपीओ निष्कासन तथा विक्री प्रवन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । हाल लघुवित्तको चुक्ता पूँजी २ करोड ६८ लाख रुपैयाँ छ। आईपीओ बाँडफाँटपश्चात लघुवित्तको चुक्ता पूँजी ४ करोड रुपैयाँ पुग्नेछ।

आईपीओ निष्कासनका लागि गराएको क्रेडिट रेटिङ्गमा ईक्रा नेपालले लघुवित्तलाई केयरएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस