×
आईपीओ निष्कासन गर्ने प्रस्ताव सहित हिम पर्वत हाईड्रोपावरले बोलायो साधारण सभा।



हिम पर्वत हाईड्रोपावर लिमिटेडले भदौ २२ गते वार्षिक साधारणसभा बोलाएको छ ।

हाईड्रोपावरले कम्पनीको रजिष्टर्ड कार्यालय त्रिपुरेश्वर काठमाडौंमा बिहान ११ बजे सभा बोलाएको हो।  उक्त सभाले   १४ लाख कित्ता आयोजना प्रभावित स्थानीय बासिन्दाको लागि र २८ लाख कित्ता सर्वसाधारणको लागि गरी जम्मा ४२ लाख कित्ता साधारण शेयर निष्कासनको  प्रस्ताव पारित गर्नेछ।

साधारणसभाबाट पारित गरी आवश्यक प्रक्रिया पूरा गरेर नियामक निकाय विद्युत नियमन आयोगबाट स्वीकृति लिनुपर्ने छ । त्यसपछि धितोपत्र बोर्ड सेबोनमा दिएको निवेदन स्वीकृतिपछि मात्र आईपीओ निष्कासन गरिनेछ ।  आईपीओ निष्कासन गर्नका लागि कम्पनीले बिक्री प्रबन्धकमा सीबीआईएल क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ ।

हाईड्रोपावरले दोलखा जिल्लामा २० मेगावाटको साँघुखोला र ५.५० मेगावाटको साँघुखोला–१ जलविद्युत आयोजना गरी जम्मा २५.५० मेगावाटका दुई जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस