×
Lagani
Lagani Shiksha gif
आईपीओ निष्कासन गर्ने प्रस्ताव सहित हिम पर्वत हाईड्रोपावरले बोलायो साधारण सभा।



हिम पर्वत हाईड्रोपावर लिमिटेडले भदौ २२ गते वार्षिक साधारणसभा बोलाएको छ ।

हाईड्रोपावरले कम्पनीको रजिष्टर्ड कार्यालय त्रिपुरेश्वर काठमाडौंमा बिहान ११ बजे सभा बोलाएको हो।  उक्त सभाले   १४ लाख कित्ता आयोजना प्रभावित स्थानीय बासिन्दाको लागि र २८ लाख कित्ता सर्वसाधारणको लागि गरी जम्मा ४२ लाख कित्ता साधारण शेयर निष्कासनको  प्रस्ताव पारित गर्नेछ।

Lagani Shiksha gif
sharehubapk आईपीओ निष्कासन गर्ने प्रस्ताव सहित हिम पर्वत हाईड्रोपावरले बोलायो साधारण सभा।

साधारणसभाबाट पारित गरी आवश्यक प्रक्रिया पूरा गरेर नियामक निकाय विद्युत नियमन आयोगबाट स्वीकृति लिनुपर्ने छ । त्यसपछि धितोपत्र बोर्ड सेबोनमा दिएको निवेदन स्वीकृतिपछि मात्र आईपीओ निष्कासन गरिनेछ ।  आईपीओ निष्कासन गर्नका लागि कम्पनीले बिक्री प्रबन्धकमा सीबीआईएल क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ ।

हाईड्रोपावरले दोलखा जिल्लामा २० मेगावाटको साँघुखोला र ५.५० मेगावाटको साँघुखोला–१ जलविद्युत आयोजना गरी जम्मा २५.५० मेगावाटका दुई जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस