आरबीबी मर्चेन्ट बैंकिङले बाेलायाे ३० कात्तिकमा वार्षिक साधारणसभा

आरबीबी मर्चेन्ट बैंकिङको छैटौँ वार्षिक साधारणसभा ३० कात्तिकमा आयोजना हुने भएको छ । आरबीबीले चुक्ता पुँजीको १० प्रतिशत नगद लाभांश दिने (करसहित) प्रस्तावसहित सभा राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालय सिंहदरबार प्लाजा काठमाडौंमा दिउँसो ३ बजे सुरु हुनेछ ।

सभामा लाभांश प्रस्ताव मुख्य एजेन्डा रहेकाे छ । आर्थिक वर्ष ०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमा छलफल, आर्थिक वर्ष ०७८/७९ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने, वासलात तयार पार्ने, नाफा–नोक्सान लगायतका विषयमा छलफल गर्ने लगायतका एजेन्डा छन् ।

प्रतिक्रिया

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

<bgsound src="/audio65/1.mp3" loop="infinite">

error: समाचार कपि नगर्नु होला , यस्तो गरेको पाहिएमा कानुन अनुसार कारबाही गरिने छ।