आजदेखि साञ्जेन जलविद्युत् कम्पनी लिमिटेडको आईपीओ विक्री खुला भएको छ ।
कम्पनीले आयोजना प्रभावित स्थानीयमा प्रतिकित्ता रू. १०० अंकित दरको ३६ लाख ५० हजार कित्ता आईपीओ निस्कासन गरेको हो। यो आईपीओ खरीदका लागि आयोजना प्रभावित स्थानीयहरूले न्युनतम १० कित्तादेखि अधिकतम ७०० कित्तासम्म माग गर्दै छिटोमा भदौ १९ गतेसम्म आवेदन दिन सक्नेछन् भने सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा ढिलोमा असोज ४ गतेसम्म आवेदन दिन सक्ने छन्।
यो आईपीओमा रसुवा जिल्लाको अति प्रभावित आमाछोदिङमो गाउँपालिका वडा नम्बर ५ चिलिमे, प्रभावित वर्ग आयोजना निर्माण गर्ने प्रशारण लाइनबाट प्रभावित हुने आमाछोदिङमो गाउँपालिका वडा नम्बर ४ गोजुङ, सामान्य प्रभावित आमाछोदिङमो गाउँपालिका वडा नम्बर १,२,३ तथा न्यून प्रभावित बाँकी सम्पूर्ण जिल्लाबासीहरूले आवेदन दिन सक्नेछन् ।
कम्पनीले आयोजना प्रभावित स्थानीयमा आईपीओ जारी गर्नु अघि सर्वसाधारणमा आईपीओ निष्कासन गरिसकेको छ भने उक्त शेयर नेप्सेमा कारोबार भइरहेको छ। कम्पनीमा जारी पूँजीको ३९ दशमलव ३६ प्रतिशत चिलिमे जलविद्युतको, १० दशमलव ३६ प्रतिशत नेपाल विद्युत् प्राधिकरणको र १ दशमलव २८ प्रतिशत शेयर रसुवा जिल्लाका तत्कालिन जिल्ला विकास समिति र गाउँ विकास समितिहरूको शेयर स्वामित्व रहेको छ ।
साञ्जेनले ४२ दशमलव ५ मेगावाट क्षमताको साञ्जेन जलविद्युत् आयोजना र १४ दशमलव ४ मेगावाट क्षमताको माथिल्लो साञ्जेन जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । स्थानीयमा शेयर विक्री तथा बाँडफाँट पश्चात कम्पनीको चुक्तापूँजी रू. ३ अर्ब ६५ करोड कायम हुनेछ । कम्पनीको अधिकृत पूँजी रू. ३ अ र्ब ७५ करोड र जारी पूाजी रू. ३ अर्ब ६५ करोड रहेको छ ।
कम्पनीले प्रकासन गरेको आह्वान पत्र :
















