शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्दै मुक्तिनाथ क्यापिटल

मुक्तिनाथ क्यापिटलले विशेष साधारणसभा बोलाएको छ ।

क्यापिटलले २३ कात्तिकमा हाल कायम चुक्ता पुँजीबाट शतप्रतिशत हकप्रद निष्कासन गर्ने मुख्य एजेन्डासहित मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यालय काठमाडौं प्लाजा कमलादीमा बिहान ११ बजे साधारणसभा आह्वान गरेको हो ।

सभा भर्चुअल माध्यमबाट सुरु हुनेछ । साधारणसभाको लिंक कम्पनीलार्ई प्राप्त सेयरधनीको ईमेल ठेगानामा पठाइने क्पयापिटलले जनाएको छ ।

सभामा कम्पनीको अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने प्रस्ताव पनि छ । सभामा प्रबन्धपत्र संशोधन गर्ने, प्रबन्धपत्रमा प्रस्तावित संशोधनको सम्बन्धमा नियमनकारी निकायबाट थपघट, परिवर्तन वा संशोधनको निर्देशन भएमा सोहीबमोजिम थपघट, परिवर्तन वा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ । 

प्रतिक्रिया

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

सम्बन्धित खवर

साताको चर्चित

ताजा समाचार

लोकप्रिय

<bgsound src="/audio65/1.mp3" loop="infinite">

error: समाचार कपि नगर्नु होला , यस्तो गरेको पाहिएमा कानुन अनुसार कारबाही गरिने छ।