×
रसुवागढी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन।



रसुवागढी हाइड्रोपावर लिमिटेडले निष्कासन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

रसुवागढीले १३ असारबाट एक सय अंकित मूल्यमा ६८ लाख ४२ हजार १०० कित्ता सेयर निष्कासन गरेको थियो। कम्पनीले आयोजनाबाट अति प्रभावित क्षेत्र गोसाइँकुण्ड, वडा नम्बर १ थुमन र वडा नम्बर २ टिमेरे तथा प्रभावित क्षेत्र आमाछोदिङमो गाउँपालिका वडा नम्बर ४ गोल्जुङ र वडा नम्बर ५ चिलिमे , गोसाइँकुण्ड गाउँपालिकाका बाँकी वडाहरू, वडा नम्बर ३ बृद्धम, वडा नम्बर ४ लाङटाङ, वडा नम्बर ५ स्याफ्रुबेसी र वडा न‍म्बर ६ धुन्चेका स्थानीयलाइ आईपीओ निष्कासन गरेको थियो।

उक्त आईपीओमा न्युनतम १० कित्तादेखि अधिकतम ७०० कित्तासम्म आज बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ । यस्तै, सामान्य प्रभावित बाँकी जिल्लाका सबै बासिन्दाहरूले पनि आवेदन दिन सक्नेछन् । स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम ७०० कित्तासम्म आवेदन दिन सक्नेछन् । यो आइपीओमा सिद्धार्थ क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

यस्तै, सह निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल, ग्लोबल आइएमई क्यापिटल र सनराइज क्यापिटल रहेका छन् । यसमा सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ ।

 

 

page7 1 रसुवागढी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस