×
भोलि बाँडफाँट हुदै अभियान लघुवित्तको आईपीओ , ९६ प्रतिसत आवेदनको हात खाली हुने।



अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्काशन गरेको शेयर साउन ३० गते बाँडफाँट हुने भएको छ ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिलटले आफ्नो कार्यलय नक्सालमा शेयर बाँडफाँट गर्ने भएको हो । सिडिएसका अनुसार कम्पनीकाे आईपीओमा २० लाख ४३ हजार २० जना लगानीकर्ताहरूले २ अर्ब ३१ कराेड १६ लाख १९ हजार रूपैयाँ बराबरकाे २ कराेड ३१ लाख १६ हजार एक सय ९० कित्ताका लागि आवेदन दिएका छन् ।

यो लघुवित्तले निश्काशन गरेको कुल ९ लाख ७५ हजार कित्ता शेयरको २३.७० गुणा बढी हुन आउँछ । माग भन्दा बढी आवेदन परेको हुदा आईपीओ गोलाप्रथा द्वारा बाँडफाँट गरिने छ। यसरी बाँडफाँट गर्दा ९१ हजार ३७५ जना आवेदकले मात्रै शेयर पाउनेछन् । बाँकी १९ लाख ४१ हजार ६४५ जनाको हात खाली हुनेछ ।

संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता सेयर निष्कासन गरेको थियाे । कुल कित्ताको ५ प्रतिशतले हुन आउने ४८ हजार ७५० कित्ता सेयर सामूहिक लगानी कोष र ०.५ प्रतिशतले हुन आउने १२ हजार ५०० कित्ता कर्मचारीका लागि सुरक्षित गरी बाँकी ९ लाख १३ हजार ७५० कित्ता सर्वसाधारणहरूका लागि छुट्याइएकाे थियाे ।

इक्रा नेपालले लघुवित्तलाई इक्राएनपी इस्यूअर रेटिङ’ डबल बी माइनस प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन पुरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ । यो आइपीओमा मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

कसरि हेर्ने नतिजा :
१) नतिजा हेर्नको लागि शेयर हब एप गर्नुहोला।
२) एप डाउनलोड गर्न यहा क्लिक गर्नुहोला।  
३) एप खोलि Services भन्ने अप्सन छान्नुहोला र त्यसपछि IPO RESULT मा जानुहोस।
४) सबैको डिम्याट नम्बर सेभ गर्न (+) मा क्लिक गर्नुहोला अनि नाम र डिम्याट नम्बर टाइप गरि ADD मा क्लिक गर्नुहोला।
५) त्यस पछि BULK CHECK मा क्लिक गर्नुहोला।
६) त्यसपछि तपाईले आफ्नो नतिजा हेर्न सक्नु हुने छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस