×
इष्टर्न हाइड्रोपावरको आईपीओ निष्कासन मिति सार्बजनिक , कति दिने आवेदन ?



इष्टर्न हाइड्रोपावर लिमिटेडले भदौ ७ गतेबाट आयोजना प्रभावित स्थानीयका लागि आईपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका सम्पूर्ण स्थायी बासिन्दाका लागि प्रति साधारण शेयर १०० रुपैयाँ अंकित दरका ६ लाख २० हजार कित्ता शेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १२ करोड ४० लाख रूपैयाँ बराबरको १२ लाख ४० हजार कित्ता आईपीओ निष्कासन गर्न मंसिर २४ गते निवेदन दिएको थियो । बोर्डले  साउन ९ गते अनुमति प्रदान गरेको हो ।

कम्पनीलाई केयर रेटिङ नेपाल लिमिटेडले केयर–एनपी बी प्लस रेटिङ प्रदान गरेको छ । उक्त रेटिङले समयमा वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा उच्च जोखिम रहेको जनाउँदछ ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम ,एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ । कम्पनीले भोजपुर जिल्लामा ५०० किलोवाट क्षमताको पिखुवा खोला साना जलविद्युत आयोजना निर्माण गरी २०७६ जेठ २७ गतेबाट विद्युत उत्पादन गरी विक्री गरिरहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस