×
अभियान लघुवित्तको आईपीओ बाँडफाँट मिति सार्बजनिक।



अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्काशन गरेको शेयर साउन ३० गते बाँडफाँट हुने भएको छ ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिलटले आफ्नो कार्यलय नक्सालमा शेयर बाँडफाँट गर्ने भएको हो । सिडिएसका अनुसार कम्पनीकाे आईपीओमा २० लाख ४३ हजार २० जना लगानीकर्ताहरूले २ अर्ब ३१ कराेड १६ लाख १९ हजार रूपैयाँ बराबरकाे २ कराेड ३१ लाख १६ हजार एक सय ९० कित्ताका लागि आवेदन दिएका छन् ।

यो लघुवित्तले निश्काशन गरेको कुल ९ लाख ७५ हजार कित्ता शेयरको २३.७० गुणा बढी हुन आउँछ । माग भन्दा बढी आवेदन परेको हुदा आईपीओ गोलाप्रथा द्वारा बाँडफाँट गरिने छ।

संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता सेयर निष्कासन गरेको थियाे । कुल कित्ताको ५ प्रतिशतले हुन आउने ४८ हजार ७५० कित्ता सेयर सामूहिक लगानी कोष र ०.५ प्रतिशतले हुन आउने १२ हजार ५०० कित्ता कर्मचारीका लागि सुरक्षित गरी बाँकी ९ लाख १३ हजार ७५० कित्ता सर्वसाधारणहरूका लागि छुट्याइएकाे थियाे ।

इक्रा नेपालले लघुवित्तलाई इक्राएनपी इस्यूअर रेटिङ’ डबल बी माइनस प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन पुरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ । यो आइपीओमा मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस