सयपत्री हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आईपीओ आज बाँडफाँट हुने भएको छ।
आइतबार प्रि-अलटमेन्ट सम्पन्न भएको हुदा आज बाँडफाँट हुने बिक्री प्रबन्धक एनआइविएल एस क्यापिटलले जनाएको छ। आईपीओ बिहान १० बजे बाँडफाँट गर्ने तयारी गरिएको छ। आईपीओ खरीदका लागि अन्तिम दिनसम्म १५ लाख २३ हजार ७०३ जनाले आवेदन दिएका थिए ।
आवेदन दिने मध्य ६७ हजार ५८ जनाले मात्र शेयर पाउनेछन् भने बाँकी रहेको ६ कित्ता शेयर ६ जनाले थप १ कित्ता गरी कुल ११ कित्ता शेयर हात पार्नेछन् ।
कम्पनीले कुल ७ लाख २१ हजार ६० कित्ता आईपीओ निष्कासन गरेकाे थियाे । कुल कित्ताको ५ प्रतिशतले हुन आउने ३६ हजार ५३ कित्ता सेयर सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने १४ हजार ४२१ कित्ता कर्मचारीका लागि सुरक्षित गरी बाँकी ६ लाख ७० हजार ५८६ कित्ता सर्वसाधारणका लागि छुट्याइएकाे थियाे ।
रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ‘केयरएनपी डबल बी आइएस’ रेटिङ दिएको छ ।
कसरि हेर्ने नतिजा :
१) नतिजा हेर्नको लागि शेयर हब एप गर्नुहोला।
२) एप डाउनलोड गर्न यहा क्लिक गर्नुहोला।
३) एप खोलि Services भन्ने अप्सन छान्नुहोला र त्यसपछि IPO RESULT मा जानुहोस।
४) सबैको डिम्याट नम्बर सेभ गर्न (+) मा क्लिक गर्नुहोला अनि नाम र डिम्याट नम्बर टाइप गरि ADD मा क्लिक गर्नुहोला।
५) त्यस पछि BULK CHECK मा क्लिक गर्नुहोला।
६) त्यसपछि तपाईले आफ्नो नतिजा हेर्न सक्नु हुने छ।