×
नेपालमा आजपनि गयो ५.३ रेक्टरस्केलको भूकम्प।



नुवाकोटको बेलकोटगढी केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ५ बजेर २६ मिनेट जाँदा नुवाकोट जिल्लाको बेलकोटगढी आसपास केन्द्रबिन्दु भएर ५.३ रेक्टरस्केलको भूकम्प गएको हो ।

उक्त भूकम्प गोरखा भूकम्पको पराकम्प भएको सो केन्द्रका भूकम्पविद् डा मुकुन्द भट्टराईले जानकारी दिनुभयो । उक्त भूकम्पको धक्का नुवाकोट, रसुवा, धादिङ र काठमाडौँ उपत्यकाभित्र महसुस गरिएको थियो । भूकम्पका कारण काठमाडौँ उपत्यकाभित्र मानिस घरबाहिर निस्केका थिए । यसअघि साउन १५ गते पनि खोटाङको साकेला गाउँपालिका केन्द्र भएर ६ रेक्टर स्केलको भूकम्प गएको थियो ।

earthquake नेपालमा आजपनि गयो ५.३ रेक्टरस्केलको भूकम्प।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस