NFS 1350 -43 HATHY 1322 13 SMHL 613.1 -4 SGHC 393.6 0.1 MEL 292 2 ULBSL 3199 37 KBSH 2386 -9 SBID83 1098 8.7 SFEF 9.29 0.22 HEIP 381.8 20.8 UMHL 308 -4 PBLD87 1028 -2 PBD85 1079.9 19.9 EHPL 840 7.9 KSBBLD87 1093.4 18.4 SFMF 10.2 -0.2 GUFL 735 5 TAMOR 482.9 -2.1 SHEL 242.9 -4.7 NICL 990.2 -4.8 SAPDBL 569.6 -7.4 NABIL 594 3 RADHI 397.9 7.9 NGPL 472 -2.9 MNBBL 395.8 -0.8 NHDL 570 0 IHL 499 -1 GLBSL 1600.4 -29.6 AKPL 248.5 -2.5 MAKAR 500 6 LLBS 1050 5 NRM 426.1 -4.9 GMFIL 623 1 NHPC 220.1 0 DLBS 1374 30 SMJC 574 -6 PPCL 262 -5.2 UNLB 2527 -3.9 SIGS3 9.45 0.09 LBLD86 1081 -0.2
×
एचआईडीसीएलको संस्थापक सेयर १५ साउनदेखि पुनः लिलामीमा



हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले १५ साउनबाट कुल २ करोड ७८ लाख ९ हजार ४८० कित्ता संस्थापक सेयर पुनः लिलामी गर्ने भएको छ ।

यसअघि ५-१९ असारसम्म ३ करोड ३० लाख संस्थापक सेयर लिलामी गर्दा ५१ लाख ९० हजार ५२० कित्ता मात्र बिकेको थियो । त्यसबेला बिक्री नभएको सेयर अहिले पुनः लिलामी गर्न लागेको हो ।

यस लिलामीमा जो कोही व्यक्ति, संस्था वा कम्पनीले आवेदन दिन सक्ने एचआईडीसीएलले जनाएको छ । बोलपत्र पेस गर्ने म्याद २९ साउनसम्म तोकिएको छ । न्यूनतम १०० रुपैयाँलाई आधार मानेर लिलाम बढाबढमा सहभागी बन्नुपर्नेछ । यसमा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल नक्साल, काठमाडौंबाट बोलपत्र आवेदन फारम लिन र बुझाउन सकिनेछ ।

त्यस्तै ग्लोबल आईएमई बैंकको बिर्तामोड, विराटनगर, जनकपुर, वीरगञ्ज, हेटौंडा र नारायणगढ शाखाबाट आवेदन दिन सकिन्छ । साथै, बैंकको पोखरा, बुटवल, बागलुङ, नेपालगञ्ज, सुर्खेत, घोराही, धनगढी र महेन्द्रनगर शाखाबाट पनि लिलामी भर्न सकिने व्यवस्था छ । यसमा न्यूनतम १०० कित्तादेखि  अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस