×
शिवम सिमेन्ट्सको २९ प्रतिशत लाभांश हात पार्ने आज अन्तिम मौका



शिवम सिमेन्ट्सले ८ कात्तिकमा बुक क्लोज गर्दैछ । त्यसैले आइतबारसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले कम्पनीको २९ प्रतिशत लाभांश प्राप्त गर्न सक्नेछन्। शिवम् सिमेन्ट्सले वितरण गर्न लागेको यो हालसम्मकै धेरै लाभांश हो ।

गत वर्ष कम्पनीले सेयरधनीलाई २४ दशमलव २१ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । लाभांश प्रस्ताव पारित गर्न शिवमले १६ कात्तिकमा छैटौँ साधारणसभा बोलाएको छ । कम्पनीको साधारणसभा सोल्टी होटल सोल्टीमोड काठमाडौंमा बिहान १० बजेदेखि भर्चुअल माध्यमबाट सुरु हुनेछ ।

सभामा चालू आर्थिक वर्ष ०७७/७८ को वार्षिक प्रतिवेदनमा छलफल हुनेछ । सोही आर्थिक वर्षको नाफा नोक्सान, नगद प्रवाहमा पनि छलफल गर्नेलगायतका एजेन्डा छन् । शिवमको सेयर प्रतिकित्ता १२ सय २५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस