दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
मिति २०७९ साल असार २९ गते बुधबार कम्पनीको १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले
सर्वसाधारण समक्ष सिद्धार्थ क्यापिटल लिमिटेड (धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक) मार्फत साधारण शेयर खुल्ला बिक्री आव्हान गरेको थियो ।
यसरी उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुमा वितरण गरिएको १०,५४,२६० कित्ता (१०%), सर्वसाधारण लगानीकर्ता शेयरधनीहरुमा वितरण गरिएको १८,९७,६६९ (१८%) र कम्पनीका संस्थापकहरुले लगानी गरेको ७५,९०,६७५ कित्ता (७२%) शेयर (धितोपत्र) समेत गरी जम्मा १,०५,४२,९०४ (१००%) कित्ता साधारण शेयर वितरण भई धितोपत्र सूचिकरण विनियमावली, २०७५ बमोजिम मिति २०७९/०३/२८ गतेको निर्णयानुसार स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकरण गरिएको हो।
कम्पपनीको शेयरलाई नेप्सेले न्युनतम १०२ रुपैयाँ ३९ पैसा देखि ३०७ रुपैयाँ १७ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । त्यस अनुसार भोली बिहिबार देखि कम्पनीको शेयर दोस्रो बजारमा कारोबारमा आउनेछ ।
कम्पनीको आरोबार सिम्बोल DORDI रहेको छ।
नेप्सेले जारि गरेको सुचना :













