श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले साउन ४ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ ।
यस अघि स्थानियमा निष्कासन गरि बाँडफाँट गरेको हाइड्रोपावले साउन ४ गतेदेखि सर्वसाधारणका लागि जारी पूँजी रू.१ अर्ब ५९ करोड ३० लाख १५ प्रतिशतले हुन आउने प्रतिशेयर १०० अंकित मूल्यका २३ लाख ८९ हजार ५०० कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो ।
कुल निष्कासन मध्य ५ प्रतिशत अर्थात १ लाख १९ हजार ४७५ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिनेछ भने बाँकी रहेको २२ लाख ७० हजार २५ कित्ता शेयरमा सर्वसाधारणको लागि छुट्टाइएको छ। उक्त आईपीओमा छिटोमा साउन ८ गतेसम्म बिक्रि खुला रहने छ भने उक्त समयसम्म माग बमोजिम आवेदन नपरेमा साउन १८ गतेसम्म थप हुनेछ ।
आइपीओको भाउ प्रतिकित्ता १०० रुपैयाँ निर्धारण गरिएको छ भने बिक्री प्रबन्धकको रुपमा सानीमा क्यापिटल रहेको छ। कम्पनिको आइपीओमा सर्वसाधारणहरूले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मआवेदन दिन सक्ने छन्। कम्पनीको तल्लो लिखु जलविद्युत आयोजना ( २८.१ मे.वा) निर्माण गर्नका लागि कूल खर्च रू. ६ अर्ब ३६ करोड २० लाख अनुमान गरिएको छ भने प्रतिमेगावट लागत खर्च रू.२२ करोड ६७ लाख लाग्ने अनुमान गरिएको छ ।
आईपीओ निष्कासनका लागि गराएको रेटिङमा कम्पनीलाई केयर रेटिङ नेपालले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने केयरएनपी डबल बी आइएस रेटिङ प्रदान गरेको छ ।
















