×
Lagani
Lagani Shiksha gif
हिमालयन हाइड्रोपावरको आईपीओ बाँडफाँट हुदै , कसरि हेर्ने नतिजा ?



हिमालयन हाइड्रोपावर लिमिटेडको आईपीओ २८ गते बाँडफाँट हुने भएको छ।

कम्पनीले असार १५ गतेबाट रू. १९ करोड ६८ लाख २५ हजार बराबरको आईपीओ निष्कासन गरेको थियो । उक्त आईपीओमा १६ लाख २६ हजार ३४० जनाबाट १ करोड ८४ लाख १९ हजार ९८० कित्ता शेयर खरीदको माग भएको हो ।

Lagani Shiksha gif
sharehubapk हिमालयन हाइड्रोपावरको आईपीओ बाँडफाँट हुदै , कसरि हेर्ने नतिजा ?

कम्पनीले सर्वसाधारणमा वितरण गरिने कुल कित्ता आईपीओमध्ये २ प्रतिशत अर्थात् ३९ हजार ३६५ कित्ता शेयर कर्मचारीहरूका लागि सुरक्षित गरेको छ भने ५ प्रतिशत अर्थात् ९८ हजार ४१३ कित्ता शेयर सामूहिक लगानी कोषमा बाँडफाँट गरिसकेको छ ।

कसरि हेर्ने नतिजा :
१) नतिजा हेर्नको लागि शेयर हब एप गर्नुहोला।
२) एप डाउनलोड गर्न यहा क्लिक गर्नुहोला।  
३) एप खोलि Services भन्ने अप्सन छान्नुहोला र त्यसपछि IPO RESULT मा जानुहोस।
४) सबैको डिम्याट नम्बर सेभ गर्न (+) मा क्लिक गर्नुहोला अनि नाम र डिम्याट नम्बर टाइप गरि ADD मा क्लिक गर्नुहोला।
५) त्यस पछि BULK CHECK मा क्लिक गर्नुहोला।
६) त्यसपछि तपाईले आफ्नो नतिजा हेर्न सक्नु हुने छ।

कम्पनीको आईपीओ १ लाख ८३ हजार ४७ जनाले १० कित्ताका दरले हात पार्नेछन् भने यीमध्ये थप दुई जनाले एक–एक कित्ताका दरले शेयर पाउने देखिन्छ । र बाकि रहेका १४ लाख बढी लगानीकर्ताको हात खालि रहेने छ।

यस कम्पनीको आर्थिक वर्ष ०७७/७८ सम्मको वास्तविक प्रतिशेयर नेटवर्थ रू. ७६ दशमलव ३३ रहेको छ । जसले गर्दा कम्पनीको शेयर धितोपत्र दोस्रो बजारमा पहिलो कारोबारका लागि प्रतिकित्ता रू. ७६ दशमलव ३३ देखि रू. २२८ दशमलव ९९ सम्मको मूल्य रेञ्ज पाउने देखिन्छ ।

रेटिङ एजेन्सी इक्रा नेपालले हिमालयन हाइड्रोपावरको आईपीओलाई ‘इक्राएनपी इस्यूअर रेटिङ बी प्लस’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस