×
Lagani
Lagani Shiksha gif
सियो पनि बन्दैन नेपालमाः एघार महिनामा एक करोड ३० लाखभन्दा बढीको सियो भित्रियो



कपडा सिलाउने सियो अधिकांश नेपालीको घरमा हुन्छ । तर यो सियो कहाँबाट आउँछ कमैलाई मात्र थाहा हुनेगरेको छ ।

धेरैलाई लाग्न सक्छ– सियो त नेपालमै बन्छ । तर यथार्थ अर्कै छ– नेपालमा सियो बन्दैन । विश्वका १२ देशबाट नेपालले सियो आयात गर्ने गर्छ ।  हो, पछिल्लो एघार महिना अर्थात चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो एघार महिनामा नेपालले विश्वका १२ देशबाट १ करोड ३० लाख ४० हजार रुपैयाँको सियो आयात गरेको छ ।

Lagani Shiksha gif
sharehubapk सियो पनि बन्दैन नेपालमाः एघार महिनामा एक करोड ३० लाखभन्दा बढीको सियो भित्रियो

भन्सार विभागका अनुसार २०७८ साउनेदेखि २०७९ जेठ मसान्तसम्मको अवधिमा नेपालमा उक्त मूल्य बराबरको १९ हजार ७८४ केजी सियो भित्रिएको छ ।

भारतदेखि अमेरिकासम्मबाट नेपालमा सियो आउने गरेको छ । विभागको तथ्याङ्कअनुसार बितेको एघार महिनामा भारत, क्यानडा, चीन, इटाली, जापान, केन्या, दक्षिण कोरिया, स्वीडेन, स्वीट्जरल्याण्ड, ताइवान, बेलायत र अमेरिकाबाट नेपालमा सियो आएको छ ।

गत आर्थिक वर्ष २०७७/७८ मा विश्का १३ वटा देशबाट नेपालले ९४ लाख ३ हजार रुपैयाँको सियो आयात गरेको थियो । सो मूल्यमा २१ हजार ४८७ केजी सियो नेपाल भित्रिएको थियो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस